News Portal

  • रूसमा चार महिनायताकै धेरै संक्रमित, पहिलोपटक करिब १० हजार जनामा संक्रमण

    ८२८ पटक

    एजेन्सी । रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

    गत मे १५ पछि शनिबार यति धेरै संख्यामा सङ्क्रमण पुष्टि कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ ।

    सरकारी तथ्याङ्क अनुसार रूसमा अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन्। रूस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो ।

    रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

    केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कूल सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ ।

    शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोना भाइरस परीक्षण भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...