News Portal

  • आठ सर्तमा बम्बे उच्च अदालतले दियो रियालाई जमानत

    ८८५ पटक

    एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे उच्च अदालतले जमानत दिएको छ । उनलाई सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मामलामा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

    उनी बुधबार साढे ५ बजे भायखला जेलबाट बाहिरिएकी हुन् । रियालाई बम्बे उच्च अदालतले आठ सर्तमा रिहा गरेको हो, जुन ८ सर्त यस्ता छन्ः
    १. रियालाई एक लाख निजी धरौटीमा जमानत दिएको हो ।
    २. रियाले आफ्नो पासपोर्ट अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ ।
    ३. मुम्बईको एनडीपीएसका विशेष न्यायाधीशको अनुमतिबिना रिया देश छाडेर जान पाउने छैनन् ।
    ४. यदि उनी ग्रेटर मुम्बईभन्दा बाहिर जान चाहन्छिन् भने अनुसन्धान अधिकारीहरुलाई सूचित गराउनुपर्नेछ भने यात्रा तालिकाबारे सबै बताउनुपर्नेछ ।
    ५. ६ महिनासम्म प्रत्येक सोमबार बिहान १० देखि ११ बजेको बीचमा अनुसन्धान कार्यलयमा उपस्थिति जनाउनु पर्नेछ ।
    ६. उचित कारण नभएसम्म रिया अदालतको मितिमा उपस्थित भइराख्नुपर्नेछ ।
    ७. मुद्दा र यससँग सम्बन्धित प्रमाणमा रियाले चलखेल गर्न पाउने छैनन् ।
    र अन्तिम सर्त,
    ८. जेलमुक्त भएको दिनबाट १० दिनसम्म रिया नजिकैको प्रहरी वृत्तमा बिहान ११ बजेदेखि ५ बजेभित्र उपस्थिति दर्ता गराउनुपर्नेछ ।
    रिया जेलमुक्त भए पनि उनका भाई सोविक चक्रवर्तीलाई भने अदालतले जमानत दिएन । अझै अनुसन्धान बाँकी रहेको भन्दै सोविकलाई जेलमै राखिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...