News Portal

  • विश्‍वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिना विजयी

    १११८ पटक

    एजेन्सी । लियोनल मेस्सीले पेनाल्टीबाट गरेको गोल सहयोगमा अर्जेन्टिनाले विश्‍वकप छनोटमा विजय हाँसिल गरेको छ ।

    शुक्रबार बिहान भएको विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले इक्‍वेडरलाई १–० गोलले हराएको हो ।

    खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जिताएका हुन् । योसँगै अर्जेन्टिनाले सन् २०२२ मा कतारमा हुने विश्‍वकप छनोटअन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो ।

    यो जितसँगै अर्जेन्टिनाले तालिकामा तीन अंक जोडेको छ । अर्जेन्टिनाले अब बोलिभियासँग खेल्नेछ ।

    अर्जेन्टिनासँग हारेको इक्‍वेडरले उरुग्वेसँग खेल्नेछ । सन् २०१८ को विश्‍वकप अर्जेन्टिना तेस्रो स्थानमा रहेर छनोट भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...