News Portal

  • जान्नुहोस अमलाका फाइदाहरु

    ७९१ पटक

    एजेन्सी । अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।

    दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरु पुग्छन्ः

    मुटुको समस्या
    यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

    तौल कमः
    अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

    पाचनः
    अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

    कमजोरी
    अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

    अनुहारमा चमक
    यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

    राम्रो कपाल
    यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

    क्यान्सर
    अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...