News Portal

  • मोबाइल र नोटमा २८ दिनसम्म रहन सक्छ कोरोना भाइरस

    ७११ पटक

    बीबीसी । नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा अझ लामो समयसम्म जिवित रहने गरेको पत्ता लागेको हो ।

    कोरोना भाइरस प्रायः मान्छेले खोक्दा, हाक्ष्युँ गर्दा या बोल्दा सर्ने गरेको छ । तर कतिपय अवस्थामा हावा र सतह, यसबाट दुषित हुँदा त्यसले पनि संक्रमण फैलाउने गरेको यसअघि प्रमाणित भएको थियो । विशेषगरी संक्रमित व्यक्तिले धातु, प्लाष्टिकहरु छुँदा त्यसमा भाइरस रहन सक्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बताएको थियो ।

    त्यसैगरी पहिले गरिएका ल्याब टेस्टमा कोभिड–१९ बैंकका नोट अनि सिसामा दुईदेखि तीनदिन अनि प्लाष्टिक र स्टिलमा चाहिँ ६ दिनसम्म जिवित रहन सक्ने बताइएको थियो । तर अष्ट्रेलियन एजेन्सी सिस्रोले भने यो भाइरस २८ दिनसम्म पनि आक्रामक रुपमा जिवित रहिरहेको पत्ता लगाएको छ ।

    २० डिग्रीको तापमान, अर्थात सामान्य रुम तापक्रममा अनि चिल्ला सतह जस्तै ग्लास, मोबाइल फोनको स्क्रिन, प्लाष्टिक र पेपरका नोट लगायतमा यो जिवित रहन सक्छ । उनीहरुका अनुसार विशेषगरी अँध्यारो अनि चिसोमा भाइरस सोचेभन्दा धेरै लामो समयसम्म संक्रमक अवस्थामा रहन्छ ।

    तर तापमान बढ्दै जाँदा भने भाइरसको जिवित हुने सम्भाव्यता कम हुँदै जाने पनि यसमा पत्ता लागेको छ ।

    यसले फेरि पनि सबैमा हात धुनु अनि स्यानिटाइज गरिरहनुलगायत सरसफाइको महत्वबारे ध्यानाकर्षण गराएको अध्ययनका प्रमुख डाक्टर इगल्स बताउँछन् ।

    उनका अनुसार यो अझ पेपर भन्दा प्लाष्टिकका पैसाका नोटमा अझ लामो समय जिवित रहन सक्छ । तर अर्कोतर्फ तापमान ३० नाघेपछि भने भाइरसको जिवित रहने दर उल्लेखनीय रुपमा घटेको पाइएको हो । यसलाई फ्लु भाइरससँग तुलना गर्दा फ्लु भाइरस त्यही तापमान, त्यही अवस्थामा १७ दिनसम्म जिवित रहन सक्छ ।

    त्यस्तै लुगाहरुमा पनि यो धेरै प्वाल भएका भन्दा नभएका र चिल्लो सामग्रीबाट बनेका कपडामा १४ दिन भन्दा बढी समयसम्म जिवित रहन सक्ने पत्ता लागेको हो । सिस्रोकी प्रमुख डाक्टर ल्यारी मार्सल भन्छिन्, “यो रिसर्च किनपनि जरुरी छ भने भाइरस सतहमा कतिन्जेल रहन सक्छ भन्ने थाहा पाउनुले हामीलाई यसको फैलावट नियन्त्रण गर्न अनि मान्छेहरुलाई संक्रमणबाट जोगाउन केमा बढी ध्यान दिनुपर्छ भनेर सजगता अपनाउन मद्दत गर्दछ ।”

    यसअघि विश्वभरि नै मासु प्रोसेस गर्ने उद्योगमा हजारौँ कामदारहरु संक्रमक भएको पाइएको थियो जहाँको तापमान चिसो अनि तुलनात्मक रुपमा अँध्यारो हुने गर्दछ । तर अझैपनि वास्तविक जीवनमा सतहले संक्रमणको कति जोखिम गराउँछ भन्नेमा धेरै विज्ञहरुले शंका व्यक्त गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...