News Portal

  • शान्ति सम्झौतापछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध

    ६५८ पटक

    एजेन्सी । दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ ।

    बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ ।

    अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा युद्ध भइरहेको छ । उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेको दाबी गरिएको छ ।

    अस्थायी शान्ति सम्झौता उल्लंघन भएको भन्दै गत आइतबार फेरि नयाँ सम्झौता गरिएको थियो । त्यसपछि त्यहाँ शान्ति छाउने अपेक्षा गरिएकोमा झनै युद्ध बढेको छ ।

    दुई देशबीच गएको सेप्टेम्बर अन्तिमबाट सीमा क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ । विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ । तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन् ।

    सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...