News Portal

  • अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ४ करोडभन्दा बढीले गरे अग्रिम मतदान

    १०९० पटक

    एजेन्सी । कोरोना भाइरसको महामारीले अमेरिकामा हुलाकमार्फत पनि मतदानको व्यवस्था भएपछि ४ करोडभन्दा बढीले राष्ट्रपति चुनावमा अग्रिम मतदान गरेका छन् ।

    अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गरेको निर्वाचन आयोगलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित आम चुनाव हुँदैछ । राष्ट्रपति चुनावमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।

    पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् । तर, केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता एकदमै कम छ ।

    चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ ।

    सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो । अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...