News Portal

  • बैध मतले मै विजयी हुँ – ट्रम्प, संयम बनौँ – वाइडेन

    १०५२ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा अवैधानिक भोटहरु गनेर डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनलाई जिताउन खोजिएको फेरि आरोप लगाएका छन् ।

    परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्दा दायर गर्न जाने पनि उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।

    उनले भने, ‘बैधानिक भोटहरु गन्ने हो भने मैंले चुनाव जितेको छु । तर, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।’

    स्थानीय समयानुसार ह्वाइट हाउसमा बिहीबार साँझ एक विशेष पत्रकार सम्मेलन गर्दै उनले परिणाम उल्ट्याउँन सर्वोच्च पुग्ने घोषणा गरेका हुन् ।

    उनले निर्वाचनको दिनभन्दापछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भनेका छन् ।

    अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संबैधानिक व्यबस्था छ ।

    सोही व्यवस्था अनुसार त्यहाँ यसपटक १० करोडभन्दा बढी अमेरिकीले हुलाकमार्फत भोट हालेका छन् । तर, राष्ट्रपति डोनाल्डले निर्वाचनका दिनवाहेक अरु दिनका मतहरुलाई मान्यता दिन नसकिने बताए ।

    संयम हुन बाइडेनको आग्रह

    ट्रम्पले धाँधली भएको र परिणाम उल्ट्याउँन अदालत जाने बताइरहँदा डेमोक्र्याट उम्मेदवार जो बाइडनले भने मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरेका छन्।

    ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उनले भने, तर ‘प्रक्रियाले काम गरिरहेको छ ।’

    प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने,’अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् ।’

    मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्र पदकी उम्मेदवार कमला ह्यारिसलाई ‘कुनै शङ्का नरहेको’ पनि बाइडनले बताए ।

    बाइडेनलाई ६ इलेक्टोरल भोट आवश्यक

    जितका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् । फक्स न्यूजका अनुसार बाइडेनले अहिलेसम्म २६४ र ट्रम्पले २१४ इलेक्टोरल भोट ल्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...