News Portal

  • बाइडन अमेरिकाको ४६औं राष्ट्रपति : जनतालाई विभाजित नगर्ने वाचा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ कात्तिक
    ८४० पटक
    भक्तपुर, २३ कात्तिक

    अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गरेपछि जो बाइडन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् । उनी डेमोक्रेटिक पार्टी बाट निर्वाचित भएका हुन् ।

    निर्वाचित भएसंगै उनले जनता लाई संबोधन गरेका छन् । बाइडनले भनेका छन् कि उनको जीत पूरै देश र अमेरिकी जनताको जीत हो। ” हामीले स्पष्ट बहुमत प्राप्त गरेका छौं । हामी अमेरिकाको इतिहासमै राष्ट्रपति चुनावमा हालसम्मकै अधिक भोट ७ करोड़ ४० लाखबाट जितेका छौं ।” उनले भने ।

    उनले यो पनि उद्घोष गरे कि उनले यस्तो राष्ट्रपतिकाे सपथ लिन्छन् जसले जनतालाई विभाजित नगरी एकतावद्ध गरेर राख्नेछ ।

    त्यसैगरी उक्त अवसरमा नवनिर्वाचित उपराष्ट्रपति कमला हैरिसले पनि सम्बोधन गरेकी छन् । उनले आफ्ना सम्पूर्ण मतदाता प्रति आभार व्यक्त गरिन । उनले भनिन कि उनकी आमा श्यामला गोपालन ले १९ वर्षको उमेरमा अमेरिका आउदा यस्तो पलको कल्पना नगरेको भए पनि यो सावित भयो कि अमेरिकामा यस्तो हुन संभव भयो । अमेरिका सबैको लागि समान अवसरको भूमि हो ।उपराष्ट्रपति अफ्रिकन बाबु र भारतीय आमाकी छोरी हुन ।

    राष्ट्रपति बाइडन र उपराष्ट्रपति हैरिस दुबैले आफ्नो सम्बोधनमा पराजित उम्मेदवार डोनाल्ड ट्रंपबारे केहि पनि नबोलेकाे द गार्जिअनले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...