News Portal

  • कमला ह्यारिसविरुद्ध यौनजन्य सामग्री फेसबुकले हटायो

    ७७० पटक

    एजेन्सी । फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाइदिएको छ ।

    बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन् ।

    फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ ।

    यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने बताएको छ ।

    मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्साउँछ कि फेसबुकको नियम र दिशानिर्देश कति खोक्रो छन् र यसको पालनाका लागि उनीहरु शून्य बराबरको प्रयास गर्छन् ।’

    भारतसँगको नातामाथि प्रतिक्रियाः
    यी पेजमा कमला ह्यारिसमाथि तथानाम आरोप लगाइए जस्तै कि उनी अमेरिकी नागरिक होइनन् किनभने उनकी आमा भारतीय थिइन् र उनका पिता जमेकाका थिए ।

    केही कमेन्टमा उनलाई ‘भारत डिपोर्ट गरिनुपर्ने’ पनि बताइयो ।

    अन्य थुप्रै मिम्समा उनको नामको मजाक उडाइयो ।

    एक फेसबुक पेजमा चार हजार सदस्य थिए भने अर्कोमा १२ सय ।

    थुप्रैपटक त्यसमा यौनजन्य र महिलाविरोधी सामग्री पनि देखियो जसलाई अब हटाइएको छ ।

    फेसबुकलाई उसको विज्ञापनदाता र नागरिक अधिकार समूहले लगातार घृणायुक्त सामग्रीलाई हटाउनका लागि पर्याप्त प्रयास नगरेको आरोप लगाउने गर्छ ।

    अगस्टमा सयौं कम्पनीले विरोधमा फेसबुकमाथि विज्ञापन दिन बन्द गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...