News Portal

  • इथियोपियामा विद्रोहीविरुद्ध सैन्य कारबाही अन्तिम चरणमा

    ११३७ पटक

    एजेन्सी । इथियोपियाका प्रधानमन्त्री आबी मोहमदले टिग्रे क्षेत्रमा विद्रोहीविरुद्ध जारी सैन्य अभियान अन्तिम चरणमा पुगेको बताएका छन्। विद्रोहीलाई आत्मसमर्पणका लागि दिइएको ३ दिनको समय सकिएको उनले बताएका छन् ।

    इथियोपियामा केन्द्र सरकार र टिग्रे विद्रोहीबीच २ सातादेखि जारी लडाइँका क्रममा सयौं मानिस मारिइसकेका छन् भने करिब २७ हजार मानिस भागेर छिमेकी देश सुडानमा शरण लिएका छन् ।

    संयुक्त राष्ट्रसंघले टिग्रे क्षेत्रमा मानवीय संकट सुरु भएको जनाएको छ । त्यहाँको अवस्थाको जानकारी लिन नसकिएको र सञ्चार सेवा पूर्ण रुपमा ठप्प भएको जनाइएको छ ।

    केन्द्र सरकारले टिग्रे पिपल्स लिबरेशन फ्रन्टले सेनाको कार्यालयमा आक्रमण गरेको र हतियार लुटेको आरोप लगाएको छ । विद्रोही संगठनलाई नियन्त्रणमा लिएको राजनीतिक दलले उक्त क्षेत्रमा अवैध चुनाव गराएको पनि केन्द्र सरकारले आरोप लगाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...