News Portal

  • नाइजेरियामा ११० किसानको नृशंस हत्या

    १३८३ पटक

    एजेन्सी । उत्तरपश्चिमी नाइजेरियामा १ सय १० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सुरुमा ४३ जना मारिएको बताइए पनि पछि मृतकको संख्या १ सय १० रहेको जनाइएको हो ।

    नाइजेरियाको द्वन्द्वप्रभावित बोर्नो राज्यको राजधानी माइदुगुरीको कोशोबेमा शनिबार किसानको आमहत्या गरिएको हो ।

    राष्ट्रसंघको मानवीय सहायताका नाइजेरिया संयोजक एडवार्ड कालोनाका अनुसार मोटरसाइकलमा आएका हतियारधारीहरुले खेतमा काम गरिरहेका किसानमाथि नृशंस आक्रमण गरेका थिए । तीमध्ये १ सय १० जनाको नृशंस हत्या गरिएको थियो भने केही घाइते भएका छन् । केहीलाई भने अपहरण गरिएको छ ।

    निर्दोष सर्वसाधारणविरुद्ध यसवर्षकै सबैभन्दा ठूलो हिंसाको घटनाका रुपमा यसलाई लिइएको छ । यो घटनाको कसैले जिम्मेवारी नलिए पनि लडाकू समूह बोको हरामको संलग्नता भएको आशंका गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...