News Portal

  • धवलागिरि प्रतिभा पुरस्कार पन्तलाई

    भक्तपुरपोष्ट संवाददाताकाठमाडाैं १२ माघ २०७७
    ९७२ पटक
    काठमाडाैं १२ माघ २०७७

    यस वर्षको धवलागिरि प्रतिभा पुरस्कार पर्वत फलेबास घर भई हाल अमेरिकामा रहेका महेश्वर पन्तको “फुर्लुङ” उपन्यासलाई प्रदान गरिने भएको छ ।

    पन्तको पहिलो कथाकृति मुन्द्री तेस्रो संस्करणसमेत बजारमा आएको छ । त्यसपछि नबोल्नेहरूनामक कथा संग्रह प्रकाशित भएपछि प्रकाशन भएको तेस्रो कृति उपन्यास फुर्लुङ हो ।

    मोदी खोलो र कालीगण्डकीको दोभानमा माछा मारेर र डुंगा तारेर गुजारा गर्ने बोटे (माझी) परिवार विस्थापनको आख्यान हो फुर्लुङ । स्थान भाषा परम्परा र संस्कार विशेषका कारण यो अब्बल आञ्चलिक आख्यानमा दरिएको छ । गरिबको शासन आउने आशामा माओवादी विद्रोहमा सामेल पुस्ताको धुलिसात सपनामाथि यस उपन्यासले करुण व्यंग्य गरेको छ ।

    यस उपन्यास लोकजीवनका अध्ययनका लागि पनि गहकीलो खुराक हुनसक्ने कुरा प्रकाशक सांग्रिला बुक्सका मनी शर्माले बताए ।

    त्यसैगरी रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका पूर्व सांसदसमेत रहेका लेखक चन्द्रप्रकाश बानिया“को “भौज्याहा” (निबन्ध संग्रह) लाई प्रदान गरिने भएको छ । त्यस्तै प्राध्यापक डा.रमेशचन्द्र अधिकारी “जीवन दर्शनको रुपरेखा” कृतिका लागि “जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार” र “गुरु गणेश विष्णु स्मृति पुरस्कार” “पिपिरी” उपन्यास लेखक बागलुङ बलेवाका मिनराज बसन्तलाई प्रदान गर्ने सभाले निर्णय गरेको संस्थापक संरक्षक छोटाले जानकारी दिए ।

    ताम्रपत्रसहितको धवलागिरि पुरस्कारको राशी २५ हजार रहेको छ भने अन्य पुरस्कारको राशी पनि सोही रकम बराबरको रहेको र रत्न श्रैष्ठ पुरस्कारको राशी भने ५० हजार रहेको बागलुङका साहित्यकार तथा अन्वेषक प्रेम छोटाले जानकारी दिए ।

    प्रस्तुत पुरस्कारहरु आगामी फागुन ७ गते एक विशेष समारोहका बीच प्रदान गरिने बताउँदै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा लागेका साहित्यकारको सम्मानमा पुरस्कार कोषको व्यवस्था गरिएको रत्नश्रेष्ठ पुरस्कारका सदस्य सचिव महेशचन्द्र प्रधानले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...