News Portal

  • भलिबल प्रतियोगिता सम्पन्न

    भक्तपुर संवाददाता२०७७ चैत्र १ गते, आईतबार
    १६२५ पटक
    २०७७ चैत्र १ गते, आईतबार

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं.वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिता समापन भयो । भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मेयर प्रजापतिले भक्तपुरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदको माध्यमबाट चिनाउन खेलाडीहरु अगाडि बढ्नुपर्ने भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नको लागि समेत तयार हुनुपर्ने बताए ।

    भलिबल प्रतियोगिताको छात्रतर्फ श्री पद्म माविले प्रथम स्थान, वागीश्वरी माविले दोस्रो स्थान तथा ख्वप मा.वि.ले तृतीय स्थान हासिल गरेको थियो । त्यसैगरी छात्रातर्फको भलिबल प्रतियोगितामा उत्कृष्ट हुन सफल श्री पद्म मा.वि.ले प्रथम स्थान, ख्वप माविले दोस्रो स्थान र वागीश्वरी माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।

    छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाढी श्री पद्म माविका प्रदिप तोलाङ्ग घोषित भएको थियो भने छात्रातर्फ श्री पद्म माविकै स्मृति खड्काले सो उपाढी हासिल गरेको थियो ।

    आज सम्पन्न प्रतियोगिताका सबै उत्कृष्ट विद्यालयहरु र उत्कृष्ट खेलाडीहरुलाई ट्रोफी वितरण चैत्र ३ गते हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र नगरब्यापी विद्यालस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोहमा ट्रोफी वितरण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...