News Portal

  • बुद्धिचालमा हेटौँडाको चार जीत र एक बराबरी, ९ अंकका साथ एक्लै शिर्ष स्थानमा

    अनिल श्रेष्ठ / भक्तपुरपाेष्टभक्तपुर, २ चैत्र
    ७७८ पटक
    भक्तपुर, २ चैत्र

    भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको चौथौ र पाँचौ चरणका खेलहरु आज सम्पन्न भएको छ । प्रतियोगितामा हेटौडा उप-महानगरपालिकाले चार जीत र एक बराबरी खेलेर ९ अंकका साथ एक्लै शिर्ष स्थानमा राख्न सफल भएको छ ।

    हेटौडाले चौथौं खेलमा ललितपुर महानगरलाई ३—१ अंकले हराउन सफल भयाे भने पाँचौंमा दमकसंग बराबरी खेलेकाे हाे ।

    चारदिने प्रतियोगितामा काठमाण्डौ, ललितपुर र दमक नपा समान ८ अंकका साथ संयुक्तरुपमा दोस्रो स्थानमा छ । ललितपुरले पाँचौ चरणमा टोखालाई ३—१ अंकले माथ गरेकाे छ भने काठमाण्डाैले चौथौंमा मेचीनगर  र पाँचौमा भक्तपुरकाे बि टिमलाई समान २.५—१.५ अंकले पराजित गरेकाे छ । त्यस्तै दमकले चौथौ चरणमा भिमेश्वर नपालाई ३.५—०.५ अंकले पछाडि पार्न सफल भयाे ।

    स्वीस लिग (७ राउण्डको खेल हुने) प्रतियोगितामा भक्तपुर नपाका दुबै टिम, टोखा र गोकर्णेश्वर नपा समान ६ अंकका साथ संयुक्तरुपमा तेस्रो स्थानमा छन् । मंगलबार अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताका बिजयीहरुलाइ पुरस्कार वितरण र प्रतियाेगिता समापनकाे कार्यक्रम तय गरिएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...