News Portal

  • रहेनन् तान्जानियाका राष्ट्रपति मागुफुली

    २०७७ चैत्र ५ गते
    १४४९ पटक
    २०७७ चैत्र ५ गते

    तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको ६१ वर्षको उमेर निधन भएको छ । राष्ट्रपति जोनको मुटु सम्बन्धी समस्याका कारण अस्पतालमा निधन भएको उपराष्ट्रपति सामिया सुलुहु हसनले टेलिभिजन सम्बोधन मार्फत बताएकी हुन् ।

    उनी दुई हप्ता भन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न हल्लाहरु फैलिएका थिए । उनको मृत्यु पहिले नै भएको समेत हल्ला चलाइएको थियो ।

    जोन कोरोना भाइरसलाई लिएर शंका व्यक्त गर्नेमा अफ्रिकाका प्रमुख व्यक्तिमा थिए । उनले कोरोना भाइरसबाट जोगिनका लागि प्राथर्ना गर्ने, स्टिम थेरापी लिने र आयुर्वेद औषधि खाए हुने बताउने गर्थे ।

    उपराष्ट्रपति हसनले राष्ट्रपति जोनको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरेकी छिन् । तान्जानियाको संविधान अनुसार हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छिन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...