News Portal

  • भक्तपुरव्यापी कविता प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत

    छात्राहरुको वर्चस्व

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ जेठ २०७८
    १६४४ पटक
    भक्तपुर, २४ जेठ २०७८

    शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्व. जोन्छेंको स्मृति दिवसको अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो ।

    गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश जोड दुई र कलेजतर्फ आदर्श माध्यमिक विद्यालयकी सुष्मा तिमल्सिना प्रथम भएकी थिइन् । उनले नगद १० हजार पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी द्धितिय हुने सैनिक आवासिय विद्यालयकी सुस्मिता श्रेष्ठले ७ हजार, तृतिय हुने सैनिक आवासिय विद्यालयकै रोमिका शर्माले ५ हजार र सान्त्वना पुरस्कार पाउने पनि सैनिक आवासिय विद्यालयका आदर्शबाबु ढकाल र आदर्श माविका ईन्दिरा नेपालले जनही ३/३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

    त्यसैगरी विद्यालयतर्फको प्रतियोगितामा प्रथम हुने महेन्द्र विद्या आश्रम माविका अपेक्षा लामाले ५ हजार, द्धितिय हुने अरनिको माविका समिक्षा न्यौपानेले ३ हजार, तृतिय हुने दुई जना श्री मेधा माविका आयुष दंगाल र एमिनिटी ई. स्कुलका संयोग अधिकारीले जनही २/२ हजार, तथा सान्तवता पुरस्कार पाउने दुई जना सैनिक आवासिय विद्यालयका श्रेया नेपाल र बालमिकेश्वर माविका प्रवेश तिमिल्सिनाले जनही १/१ हजार नगद पुरस्कार प्राप्त गरेका आयोजक संस्थाले जनाएको छ ।

    पुरस्कृत विद्यार्थीहरुलाई प्रतिष्ठानका अध्यक्ष एवम् बागमति प्रदेशसभा सदस्य रजनी जोन्छेंले सोमबार पुरस्कार प्रदान गरेकी हुन् । संक्षिप्त कार्यक्रममा सहभागीहरुले स्व. जोन्छेंको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

    स्व. जोन्छेंको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदैं आएको जिल्ला व्यापी विद्यालयस्तरिय कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई स्मृति दिवसको दिन पारेर नगद पुरस्कार वितरण गरेको अध्यक्ष जोन्छेले जानकारी गराएकी छन् । प्रमाणपत्र र शिल्ड कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएर वातावरण सहज भएपछि खुल्ला कार्यक्रम आयोजना गरी वितरण गरिने उनले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...