News Portal

  • अफगानिस्तान विद्रोहीको कब्जामा : राष्ट्रपति अशरफ गनीले देश छोडे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ साउन २०७८
    १८६२ पटक
    भक्तपुर, ३१ साउन २०७८

    अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेको खबर छ। अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा आधारित भएर अन्तराष्ट्रिय समाचार सस्थाहरुले उक्त समाचार जारी गरिरहेका छन् । अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ ।

    १० दिनभित्र देशका प्रमुख शहरहरु बिद्रोही समुह तालिबानको कब्जामा पुगेपछि अफगान सरकार संकटमा फसेको थियो । राजधानी सुरक्षित रहेको सरकारी दावी बिपरित राष्ट्रपति गनीले देश छोडेका छन् । उनी कहाँ गएका छन् भन्ने स्पष्ट भएको छैन। तर, केही रिपोर्टहरूमा उनी छिमेकी देश ताजिकिस्तानतर्फ लागेको बताइएको छ ।

    यसअघि तालिबानका नेताहरुले राजधानी काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफना लडाकुहरूलाई निर्देशन दिएका थिए ।

    ताजा जानकारी अनुसार तालिबानका लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेका छन् । तालिबानले काबुलको  बगराम जेल र पुल-ए-चरखी जेल भत्काई दिएकाछन् । त्यहाँबाट हजारों कैदि मुक्त गरिएको र जसमा ज्यादातर तालिबान लड़ाकु रहेको बताइएको छ ।

    के हो तालिबान?
    बिबिसिले जनाए अनुसार अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकको पूर्वार्धमा एउटा कट्टरपन्थी इस्लामिक धार्मिक अभियान सुरु भयो । यो नै तालिबान हो ।

    अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

    साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

    पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

    तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

    तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

    टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

    दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भको तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

    सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

    राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

    सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

    सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

    तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

    तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

    तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

    अमेरिका लगायत शक्ति राष्ट्रको प्रत्यक्ष सहयोगका बाबजुद तालिबानले अफगानिस्तानमा अशान्ति मच्चाइरह्यो र सरकारलाई अस्थिर बनाइरह्यो ।

    तस्वीर : बिबिसि

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...