News Portal

  • भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ माघ २०७८
    १०८५ पटक
    भक्तपुर, ४ माघ २०७८

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो ।                                                        सानोठिमीस्थित खेल मैदानमा मंगलवार सम्पन्न फाइनल खेलमा लोकन्थली एफसीलाई २–१ गोल अन्तरले पछि पार्दै भक्तपुर युनाइटेड लिग च्याम्पियन बन्न सफल भएको थियो ।
    भक्तपुर युनाईटेडका लागि मनोज लामा र कृष्ण गुरागाईले खेल शुरु भएको क्रमशः सातौ र नवौ मिनेटमा १-१ गोल गरेका थिए ।


    उपाधी विजेता भक्तपुर युनाईटेडले नगद ५० हजारसहित ट्रफी पाएको छ भने उपविजेता लोकन्थलीले नगद २५ हजारसहित ट्रफी पाएको आयोजकले जनाएको छ ।
    प्रतियोगितामा लोकन्थलीका रोहित गिरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताको अन्तिम समयमा गरेको प्रहार गोलमा परिणत गर्न सफल भएपनि लोकन्थली दोश्रो स्थानमा रहन पुग्यो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर लोकन्थलीकै रिजेन हेका हुनपुगे भने सर्वाधिक ६ गोल गरेका लोकन्थलीकै आशिष थिङ उत्कृष्ट स्कोरर हुन सफल भए । त्यसैगरी थिमि युथ क्लबका समिर श्रेष्ठ उत्कृष्ट रक्षक, भक्तपुर युनाईटेडका हरिश कार्की उत्कृष्ट फरवार्ड र विश्व विनायकका रविन कुटु उत्कृष्ट मिल्डफिल्डर घोषित भए । उत्कृष्ट सबै खेलाडीले जनही रु ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


    प्रतियोगिताका विजयी खेलाडी तथा क्लव त्यसैगरी प्रतियोगिताभरीमा उत्कृष्ट घोषित खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाको जिल्ला समन्वय समितिका सहसंयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवे, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष किशोर हेका, वरिष्ठ उपाध्यक्ष अनिल हेका, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबँजा श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा फुटबल  खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...