News Portal

  • भक्तपुर-१ मा एमाले,कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित : नेमकिपाको प्यानल बिजयी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ जेठ २०७९
    ४९१३ पटक
    भक्तपुर, १ जेठ २०७९

    भक्तपुरमा नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) को संयुक्त गठबन्धन पराजित भएको छ । स्थानीय चुनावमा नेमकिपाको बिरासत ढाल्न बनेको उक्त गठबन्धन नराम्ररी पराजित बन्न पुगेको हो ।

    भक्तपुर नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा सूर्यध्वजाबाहक उम्मेद्वार रमेश न्याइच्याइ रहेका थिए भने सदस्यहरू कांग्रेस र माओवादी केन्द्रले लिएका थिए । तर नेमकिपा बाट गतनिर्वाचनमा निर्वाचित वडा अध्यक्ष श्याम कृष्ण खत्रीकै नेतृत्वको रहेको प्यानलले गठबन्धन लाई दोब्बर भन्दा बढी मतान्तरले पराजित गरेको छ ।

    नेकपा(एमाले) का रमेश न्याइच्याइले ८ सय ५३ मत प्राप्त गर्दा नेमकिपाका खत्रीले २ हजार १ सय ४३ मत सहित वडाध्यक्षमा भारी मतान्तरले बिजय प्राप्त गरेका छन् । ३ ठुला दलको गठबन्धनलाई पराजयको स्वाद चखाए संगै भक्तपुर नेमकिपाको पुन: लालकिल्ला प्रमाणित भएको छ ।

    यो पनि

    भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...