News Portal

  • भारतको मणिपुरमा रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ असार २०७९
    ६४८ पटक
    भक्तपुर, १७ असार २०७९

    भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशंका गरिएको छ।

    भग्नावशेषबाट २३ जनालाई निकालिएको छ, जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर सहित ६० जनाको मृत्यु भएको हुनसक्ने बताएका छन्। रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ।

    जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेसन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो।

    भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए।

    अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडिआरएफ, एसडिआरएफ र नोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियतापूर्वक जुटिरहेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...