News Portal

  • पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय भन्दा धेरैको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३२ असार २०७९
    ४९६ पटक
    भक्तपुर, ३२ असार २०७९

    पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको ज्यान गएको छ भने कयौँ जनजीवन अस्तव्यस्त बनाएको बीबीसीले जनाएको छ ।

    पोर्चुगलमा आगो निभाउने क्रममा जहाज दुर्घजना हुँदा पाइलटको ज्यान गएको छ । युरोपका ३ वटा देशका जंगलमा भीषण आगलागी पनि भइरहेको छ । स्पेन, पोर्चुगल र दक्षिण पश्चिमी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको र यसले समग्र युरोपमा तातो हावा फैलन सुरु गरेको खबरमा उल्लेख छ । बढ्दो गर्मीका कारण अग्नि नियन्त्रकलाई आगो नियन्त्रणमा लिन निकै हम्मे हम्मे परेको छ ।

    पोर्चुगलमा मात्रै ३० हजार हेक्टर जंगल आगोले नष्ट गरेको छ । यो सन् २०१७ मा १ सय जनाको ज्यान जानेगरी फैलिएको डढेलोपछिकै ठूलो भएको बीबीसीले जनाएको छ । युरोपका अरु देश पनि गर्मी र तातो हावाले प्रभावित भएका छन् । इटलीका केहि उपत्यकालाई सरकारले सुख्खग्रस्त क्षेत्र घोषणा गर्दै आपत्काल घोषणा गरेको छ । फ्रान्सको तापक्रम पनि ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । आउँदो हप्ता तापक्रम थप बढ्ने चेतावनी जारी भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...