प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका अलजजिराले जनाएको छ ।
कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो प्रहरीले जनाएको छ ।