News Portal

  • चीनको वुहानमा फेरि लकडाउन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ५३६ पटक
    भक्तपुर,१२ साउन २०७९

    कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ ।

    वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ । सन् २०१९ डिसेम्बरमा वुहानमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेका थिए । अहिले विश्वभर झन्डै ५८ करोड नागरिक सङ्क्रमित भएका छन् । तीमध्ये ५४ करोड ८६ लाख निको भएका छन् । ६४ लाख १० हजारभन्दा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

    यसैबीच भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियामा पनि एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । मलेसियामा पनि कोरोनाका बिरामी बढेका छन् । मलेसियाको पछिल्लो विवरण अनुसार विभिन्न भागमा गरी चार हजार सात सय नयाँ बिरामी थपिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...