News Portal

  • अमेरिकी सभामुख न्यान्सीले ताइवानको भ्रमण गरे सैन्य आक्रमण गर्ने चीनको चेतावनी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ५४५ पटक
    भक्तपुर,१७ साउन २०७९

    चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

    चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ ।

    पेलोसीले लामो समयदेखि चिनियाँ नेतृत्वको आलोचना गर्दै आएका छन् । चीनले मानव अधिकारको उल्लङ्घन गरेको र बेला–बेला नरसंहार मच्याउँदै आएको अभिव्यक्तिका कारण सभामुख पेलोसीलाई चीनमा निकै खराब नजरले हेर्ने गरिन्छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...