News Portal

  • चीनले नेपाललाई १५ अर्बभन्दा बढी सहयोग गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    ३६९ पटक
    भक्तपुर,२६ साउन २०७९

    चीनले नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई १५ अर्ब १३ करोड रुपैयाँ बढी सहयोग गर्ने घोषणा गरेका हुन् ।

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलबीच चीनको चिङ्दाओमा बुधबार साँझ भेटवार्ता भएको थियो । दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने पनि आश्वासन दिएको छ । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्न सकारात्मक रूपमा विचार गर्ने आश्वासन दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...