News Portal

  • इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    ३०४ पटक
    भक्तपुर,७ असोज २०७९

    इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्। गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृत्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई शव बुझाएको थियो।

    यो घटनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने प्रदर्शन थप सहरमा विस्तार भएको छ।

    सामाजिक सञ्जालका माध्यमबाट दैनिकजसो प्रदर्शनकारीहरु थपिँदै गएपछि राष्ट्रपति इब्राहिम अनुसन्धानको आदेश दिन तयार भएका हुन्।

    हिजाफको नियम तोडेको आरोपमा हिरासतमा युवतीको मृत्यु भएपछि हजारौँको संख्यामा युवतीहरु हिजाफ फालेर प्रदर्शनमा उत्रिएका थिए।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...