News Portal

  • भक्तपुर-१ मा नेमकिपाका सुवाल, गठबन्धनका गोठे र एमालेका गेलालसहित १४ मनोनयन दर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असोज २०७९
    १८८५ पटक
    भक्तपुर, २३ असोज २०७९

    प्रतिनिधि सभाका २ क्षेत्र र प्रदेश सभाका लागि ४ वटा क्षेत्र रहेको भक्तपुरमा उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । आइतवार निर्धारित समयमै हर्षउल्लास सहित मनोनयन दर्ता सम्पन्न भएको हो ।

    निर्वाचन  क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट पार्टी सचिव प्रेम सुवालले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ प्रदेश ‘क’ चाँगु नारायण क्षेत्रमा मीनबहादुर बाटाको मनोनयन परेको छ भने प्रदेश ख भक्तपुर नगर क्षेत्रमा जिल्ला अध्यक्ष सुरेन्द्रराज गाेसाईँले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा सुवाल र गोसाई दुबैले जीत हासिल गरेका थिए ।

    नेमकिपाको एकमात्र किल्लाको रुपमा रहेको यो क्षेत्र तोड्न सत्तारुढ गठबन्धनबाट सुनिल गोठेले सर्वसम्मत उम्मेद्वारी दर्ता गराएका छन् । माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका उनलाई साथ् दिदै सत्तारुढ पाँच दलीय गठबन्धनका अन्य घटकले उम्मेदवार खडा गरेका छैनन् । उनी पार्टीका जिल्ला संयोजक समेत हुन् । त्यसैगरी नेकपा(एमाले)ले निवर्तमान जिसस प्रमुख नवराज गेलाललाई उम्मेदवार बनाएर चुनावी मैदानमा ओर्लिएको छ । राप्रपाबाट पूर्व जर्नेल भरत खड्काले उम्मेद्वारी दर्ता गराएका छन् भने राप्रपा नेपालबाट माधव खत्रीको उम्मेद्वारी दर्ता भएको छ ।

    उक्त क्षेत्रको प्रदेश ‘क’ चाँगुनारायण क्षेत्रमा गठबन्धनका तर्फबाट सुरेश श्रेष्ठ उम्मेदवार बनेका छन् । यो क्षेत्रबाट प्रदेश मन्त्री रहेका कृष्णलाल भडेलले यस अघि बाम गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सफल भएका थिए । भडेल नै उम्मेद्वार बन्न कस्सिएका भएपनि काँग्रेस भित्रको भागबण्डा मिलाउँदा महासमिति सदस्य रहेका युवा नेता श्रेष्ठको भागमा उम्मेद्वारी परेको हो । काँग्रेस भित्र उनी महासचिव गगन थापा निकट नेता मानिन्छन । यस क्षेत्रमा नेकपा एमालेका पुराना नेता मोहनवीर श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । पार्टीको जिल्ला सचिव श्रेष्ठ पूर्व गाविस अध्यक्ष समेत हुन् । यहाँ राप्रपाले अधिवक्ता रहेका राजु कुइकेललाई उम्मेदवार बनाएको छ ।

    त्यसैगरी प्रदेश ‘ख’ भक्तपुर नगर क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसकै नेता पबन भुजु उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा नेकपा(एमाले)बाट नारायण सुन्दर सिन्तकलाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी राप्रपाबाट रोशन नापितले मनोनयन दर्ता गराएका छन् ।

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा दलबाट र स्वतन्त्र गरी १४ जनाले उम्मेद्वारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बहादुर बिसीले बताएका छन् । उनीहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भक्तपुर नगरपालिका वडा नं २ स्थित पुरानो जनज्योति पुस्तकालय परिसरमा पुगी उम्मेद्वारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचन कुसलतापूर्वक सम्पन्न गराएका जिल्ला अदालतका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला यस पटक पनि मूख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...