News Portal

  • गठबन्धन चुनावका लागि मात्र होइन : दुर्लभ थापा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ असोज २०७९
    ९९६ पटक
    भक्तपुर, २९ असोज २०७९

    भक्तपुर २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका दुर्लभ थापाले एमाले संग पनि सहकार्य गर्ने बताएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार थापाले एमालेलाई नएक्ल्याउने बताएका हुन् ।

    शनिवार राधेराधेमा चुनाव परिचालन समितिको कार्यालय उद्घाटनको अवसरमा कार्यकर्ता लाई सम्बोधन गर्दै उनले भने, ” हामी लोकतन्त्रको मर्म अनुसार स्वच्छ प्रतिष्पर्धामा छौं, चुनावपछि एमाले संग पनि सहकार्य गरेर अघि बढ्छौं ।” आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको भन्दै सभापति थापाले सबै उम्मेदवार प्रति सम्मान गर्दै जनताको मतद्वारा निर्वाचन जित्ने उद्घोष गरे । ” हामीले हाम्रो लागि मात्र लोकतन्त्र ल्याएका होइनौं, निर्वाचनमा उम्मेदवार हुने स्वतन्त्र उम्मेदवार प्रति पनि हाम्रो सम्मान छ । जनताको फैसलाले हाम्रो जित सुनिश्चित छ ।” उनले भने । सभापति थापाले वर्तमान गठबन्धन संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधान कार्यान्वयन गर्ने उदेश्यले बनेको दावी गर्दै आफूहरुले जित्नुको बिकल्प नभएको बताए । उनले वर्तमान गठबन्धन चुनावका लागि मात्र नभई कम्तिमा पाँच वर्ष संगसंगै अघि बढ्ने बताए ।

    उक्त अवसरमा भक्तपुर २ प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार विष्णुराज कार्की र प्रदेश ‘ख’ मध्यपुर थिमी क्षेत्रका उम्मेदवार डा राजेन्द्रमान श्रेष्ठले एकतामै बल हुने बताउदै एकतावद्ध भएर प्रतिगामी शक्तिलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनले जित्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा स्वतन्त्र उम्मेदवार कल्पदिप राइले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सबै मिलेर जिताउन पर्ने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...