News Portal

  • चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री नेपाल आउँदै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०७९
    ३२६ पटक
     भक्तपुर, २५ कार्तिक २०७९

    चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​

    परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको बताए ।

    मन्त्री श्रेष्ठले भने, ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन भैसकेको छैन ।’ खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको पराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले जानकारी दिए ।

    श्रेष्ठले चिनियाँ उपमन्त्री आउने मितिका बारेमा केही नखुलाएपनि उनी आजै राती काठमाडौं आईपुग्ने र चार दिन पछि २७ कात्तिकमा मात्र स्वदेश फर्किने गरी आउन लागेको बताइएको छ ।

    निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ ।
    चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...