News Portal

  • एमाले कम्युनिष्ट मुकुण्डो लगाएको पार्टी भएको नेमकिपाकी उम्मेदवार अनुराधाको आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ कार्तिक २०७९
    ३२१ पटक
    भक्तपुर, २६ कार्तिक २०७९

    भक्तपुर क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी नेमकिपाकी केन्द्रीय सदस्य अनुराधा थापा मगरले नेकपा (एमाले) असली कम्युनिष्ट पार्टी नभएको बताएकी छन् । एमाले कम्युनिष्टको मुकुण्डो लगाएको पार्टी भएको उनको भनाइ छ ।

    मध्यपुर थिमीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले जनतालाई भ्रममा राखेर सत्तामा पुगेको आरोप लगाइन । एमालेको सरकार हुँदा कम्युनिष्ट सिद्धान्तअनुसार काम नगरेको बरु आफ्नो कार्यकर्तालाई फाइदा हुने काम मात्र गरेको उनले जिकिर गरिन ।

    कम्युनिष्ट सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्नेमा एमालेको सरकारले निजीलाई प्रोत्साहन गरेको उल्लेख गर्दै उनले नेमकिपाले जितेको भक्तपुर नगरपालिकाबाट सिक्न सुझाव दिईन । देश र जनताको पक्षमा निस्वार्थ सेवा गर्नसक्ने नेमकिपा मात्र भएको भन्दै उनले नेमकिपाका उम्मेदवार बिजयी भएमात्र देश राम्रो बन्ने बताइन ।

    एमाले आफैमा नक्कली कम्युनिष्ट भएकाले यसका उम्मेदवार महेश बस्नेत पनि नक्कली विकासवादी भएका उनको भनाइ छ । उम्मेदवार महेश बस्नेतप्रति इंकित गर्दै उनले प्रश्न गरिन, ”ख्वप मावि र कलेजका विद्यार्थीहरूको प्रमाणपत्र नक्कली हुन् भन्ने शासक दलका नेता कतै शैक्षिक दलाल त होइनन ?”

    सभामा प्रदेशसभाका उम्मेदवार रमेश वैद्य, केन्द्रीय सदस्य उकेश कवां लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...