News Portal

  • प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरबाट मतदान गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ मङ्सिर २०७९
    ३२० पटक
    भक्तपुर, ३ मङ्सिर २०७९

    भक्तपुर क्षेत्र नम्बर २ का मतदाता रहेका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले युनिक नेपाल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लौहकिन्थलीस्थित युनिक नेपाल मतदान केन्द्रबाट उनले मतदान गर्ने भएका हुन् ।

    आइतवार बिहान ७ बजे प्रमुख निर्वाचन आयुक्त थपलियाले पहिलो मतदान गरेर मतदान शुरु गर्ने निवाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिमबहादुर बिसीले बताए । उक्त अवसरमा पर्यवेक्षणका लागि नेपाल आएका मित्रराष्ट्रहरुका निर्वाचन प्रमुखहरुको पनि उपस्थिति रहने बिसीले बताएका छन् ।

    देशभर प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० सदस्य चयनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदानका लागि नाम दर्ता गराएका छन् । भक्तपुरमा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य चयनका लागि कूल १ लाख ९४ हजार ४ सय ३९ जना मतदाता रहेका छन् ।

    मतदानका लागि जिल्लामा २ सय २२ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा २८ मतदान स्थलमा १ सय १५ मतदान केन्द्र र क्षेत्र नम्बर २ का ३८ मतदान केन्द्रमा १ सय ५ गरी जम्मा २ सय २० मतदान केन्द्र तोकिएका हुन् । कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ जहाँ समानुपातिकतर्फको मात्रै मतदान हुने बताइएको छ । यसको मतदाता संख्या ८ सय ३५ रहेको छ ।

    निर्वाचन गराउन जिल्लामा खटिएका १ हजार ७ सय ७६ कर्मचारी आवश्यक सबै सामग्री लिएर आआफ्नो मतदान केन्द्रमा तयारी अवस्थामा रहेका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

    ४ वटा मतपत्र छुट्टा छुट्टै मतपेटिकामा खसाल्नुपर्ने व्यवस्थाले मतपत्र दिंदा र खसाल्दा गडबडी नहोस भन्ने उदेश्यले कर्मचारीलाई विशेष सतर्कताको लागि निर्देशन दिइएको उनले बताए । सोही बमोजिम केन्द्रमा कर्मचारीले बुथ व्यवस्थापन गरेका बताइएको छ ।

    भक्तपुरमा १० मतदान केन्द्रलाई अपांगतामैत्री बनाइएको छ भने मेधा मावि मतदान केन्द्रलाई पूर्ण अपाङ्गतामैत्री पारिएको छ । त्यसैगरी बोडे माविमा सबै कर्मचारी महिला राखिएको निर्वाचन अधिकृत लिलानाथ पराजुलीले जनाएका छन् ।

    निर्वाचनलाई भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएकी हुन् । उनले निर्धक्क भएर उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अपिल पनि गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...