News Portal

  • विद्यार्थी निकेतनमा नेमकिपा अध्यक्ष बिजुक्छेंको मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मंसिर २०७९
    ४१३ पटक
    भक्तपुर, ४ मंसिर २०७९

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छ्न । भक्तपुर-५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उनले मतदान गरेका हुन् ।                                                          मतदानका लागि बिहान १० बजे  मतदान केन्द्र आइपुगेका अध्यक्ष बिजुक्छे सवा १० बजे निर्वाचन सम्पन्न गरेका छन् । मतदान पछि संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै  अध्यक्ष बिजुक्छेले देश र जनताको पक्षमा रहेको आफ्नो पार्टीले ५८ जिल्लाबाट उम्मेदवारी दिएको बताउदै यस पटक ५८ जिल्लाका मतदातालाई सचेत पारिएको प्रष्ट पारे । उनले मतदाताले सचेतता पूर्वक उम्मेदवार र पार्टी चयन नगरे सम्म देशको अवस्था राम्रो नबन्ने बताए । उक्त अवसरमा नेमकिपाका सचिव एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवाल र प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाइँको समेत उपस्तिथि रहेको थियो । विद्यार्थी केन्द्र निर्वाचन केन्द्र भने मतदाता र संचारकर्मी मैत्री बनाइएको देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...