News Portal

  • भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मङ्सिर २०७९
    ८२४ पटक
    भक्तपुर, ८ मङ्सिर २०७९

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका छन् । निकटत्तम प्रतिस्पर्धी रहेका पूर्व मन्त्री एवं निवर्तमान सांसद एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्दै उनले बिजय प्राप्त गरेका हुन् ।

    बिहीवार बिहान सम्पन्न मतगणना अनुसार कांग्रेसका थापाले एमालेका बस्नेतलाई ९ सय ६७ मतान्तरले पछि पार्दै बिजय प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले भक्तपुर पोस्टलाई बताए । उनका अनुसार थापाले २४ हजार २ सय ३९ मत प्राप्त गर्दा बस्नेतले २३ हजार २ सय ८२ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा ६५ हजार ९ सय १९ मत खसेको थियो । चार दिन देखि जारी मतगणनाको सार्वजनिक नतिजा प्रत्येक पटक निकै प्रतिस्पर्धात्मक र रोमान्चक बनेको थियो । हरेक पटक थापाले अग्रता  लिएका भएपनि बस्नेतले निकै कम अंकको मतान्तर दिदै हरेकपटक कडा चुनौती पेश गरेका थिए । अन्ततः अन्तिम नतिजा पनि थापाकै पक्षमा आएपछि बस्नेत हार ब्यहोर्न बाध्य बन्न पुगेका छन् ।

    अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार रहेका हेभिवेट नेता दमननाथ ढुंगानालाई डबल मतले पराजित बनाएका बस्नेतलाई यस पटक भने प्रतिनिधि सभा प्रवेश गर्नबाट रोक्न कांग्रेसकै जिल्ला सभापति रहेका नेता दुर्लभ थापा सफल बन्न पुगेका छन् ।             

    कांग्रेसका थापालाई तेब्बर मतान्तरले जित्ने दावी गरेका बस्नेतलाई हारको स्वाद चखाउन सफल भएपछि गठबन्धनका कार्यकर्ता उत्साहित भएका छन् । एकाबिहानै देखि बोडेस्थित मत गणनास्थलमा नेताकार्यकर्ताहरु बधाई तथा शुभकामना साटासाट गरिरहेका कांग्रेसका नगर प्रवक्ता रमेश खड्काले बताएका छन् । जीतको खुसियालीमा गठबन्धनका नेताकार्यकर्ता रमाइरहेका छन् । यस क्षेत्रको प्रदेश सभा तर्फ भने १ मा एमाले उम्मेदवार किरण थापामगर र २ मा गठबन्धनका डा राजेन्द्रमान श्रेष्ठ जीत हासिल गर्न सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...