नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका छन्।
अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्।
प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका अब्दुस मियाले ७ हजार ३१२ मत प्राप्त गरि तेस्रो भएका छन् ।
गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ मा पनि वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई विजयी भएका छन् । नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका हुन् । बजगाईले ३३ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी बस्नेतले भने १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।