News Portal

  • भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मंसिर २०७९
    ३६४ पटक
    prem suwalभक्तपुर, ८ मंसिर २०७९

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त गरेका छन् । नेमकिपाको किल्लाका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो परिणाममा सुवालले ४२ हजार बढी मत हासिल गर्दै तेब्बर भन्दा बढी मतान्तरले बिजयी बनेका हुन् ।

    बिहिवार बिहान सम्पन्न मतगणनामा सुवालले ४२ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए । उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेका नवराज गेलाल रहन सफल भएका छन् ।सुवालले ४२ हजार ७ सय ६१ मत पाउँदा एमालेका गेलालले ११ हजार ९ सय ५८ मत पाएका छन्। राप्रपाका उम्मेदवार भरतबहादुर खड्का भने करिब १० हजार मतसहित तेस्रो बन्न पुगेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेलाई नेपाली कांग्रेसको मत प्राप्त नहुँदा चौथो स्थानमै चित्त बुझाउनुपरेको छ ।

    क्षेत्र नम्बर १ को प्रदेश सभा २ भक्तपुर नगर क्षेत्रमा नेमकिपाका उम्मेदवार सुरेंद्राराज गोसाई करिब १० गुणा बढी मत ल्याई बिजयी बनेका छन् भने प्रदेश सभा १ मा गठबन्धनका सुरेश श्रेष्ठ निर्वाचित बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...