News Portal

  • दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निशा कुस्माभक्तपुर, ८ मंसिर २०७९
    ४६९ पटक
    भक्तपुर, ८ मंसिर २०७९

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी बस्नेतले बधाई दिएका हुन् ।

    उक्त अवसरमा नेता बस्नेतले थापाले भक्तपुरको नाम उचो बनाउन सफल रहने बिश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए । उनले आफ्नो र पार्टीको तर्फबाट सधै रचनात्मक सहयोग रहने समेत बताए । एमाले पोलिटब्युरो सदस्य समेत रहेका नेता बस्नेत निवर्तमान प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री हुन् ।

    शुभकामना प्रदान गर्न आएका नेता बस्नेतलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित थापाले आफू इमान्दार भएर भक्तपुरका साथै देशको सेवामा जुट्ने जानकारी गराए । आफू सबैको साझा प्रतिनिधि बन्नेमा जोड दिदै उनले राजनीतिक आस्थाको आधारमा कुनै भेदभाव नगर्ने र सबैलाई मिलाएर लाने प्रयास गर्ने प्रतिवद्धता पनि प्रकट गरेका थिए ।

    उक्त अवसरमा एमालेका जिल्ला उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा लगायतको उपस्थिति रहेको एमाले नेता दिनेश थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...