News Portal

  • पाल्पामा भेटियो “तोपका गोला”

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ पुस २०७९
    ४०८ पटक
     भक्तपुर, ५ पुस २०७९

    तानसेन–४ स्थित सिल्खानटोलमा नेपाली सेनाले घडेरी खन्दा पुराना हतियार तोपका गोलाहरु भेटिएका छन् । ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका हुन् ।

    सिलेखाना हाल सिल्खान (हतियार खाना) रहेको क्षेत्रमा तोपका २०० बढी गोलाहरू फेला परेको प्रजिअ पन्तले जानकारी दिए । उक्त गोला कुन समयमा केका लागि प्रयोग भएको भन्ने बारेमा अहिल्यै भन्न नसकेपनि दुई/तीन वर्ष वर्षअघि प्रयोग भएको हतियार हुन सक्ने प्रजिअ पन्तको भनाइ छ ।

    फेला परेको गोलाहरू सङ्कलन गरिएको छ । त्यसलाई नेपाली सेनाले नै सम्बन्धित स्थानमा पुर्‍याउने जनाएको छ । पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्रा दल गणका गणपति बालमुकुन्द विष्टले सिल्खान (पाल्पा अस्पताल नजिकै)मा खन्ने क्रममा तोपका गोला फेला परेको जानकारी दिएका हुन् । उक्त गोलाहरू सङ्कलन गरेर राखिएको र अहिले पनि उक्त स्थानमा खन्ने क्रम जारी रहेकाले गोलाको सङ्ख्या बढ्न सक्ने बताए । फेला परेका गोलाहरू माथिल्लो निकायमा पठाउने उनको भनाइ छ ।

    उक्त गोलाको बीच भागमा साना प्वाल छन् । उक्त प्वालमा बारुख राखेर फड्काउने गोला हुने सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि, उक्त गोला पड्कने नभई प्रयोग गर्न नमिल्ने पुरानो हतियार मात्रै भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । गोरखापत्र अनलाईन

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...