News Portal

  • ब्राजिल सरकार तीन दिन शोकमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ पुस २०७९
    २१३ पटक
     भक्तपुर, १५ पुस २०७९

    ब्राजिल सरकारले तीन दिन शोकको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले फुटबलका महान खेलाडी पेलेको निधनमा दुःख व्यक्त गरेका छन् ।

    ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनप्रति विश्वभरका फुटबलप्रेमी तथा फुटबल खेलाडीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    ब्राजिलका फरवार्ड नेयमारले पेलेको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन ‘किङ पेले, जसले सबैकुरा परिवर्तन गरे।’

    त्यसैगरी, अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पनि सामाजिक सञ्जालमा पेलेको तस्बिर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेले पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । एम्बाप्पेले पेलेलाई फुटबलको राजा भन्दै उनको विरासत कहिले पनि भुल्न नसकिने उल्लेख गरेका छन् ।

    त्यस्तै, पोर्चुकलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनमा अहिले विश्व फुटबलले भोगेको दुःख वर्णन गर्न नसकिने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘सम्पूर्ण ब्राजिलका लागि मेरो गहिरो संवेदना, र विशेष गरी एडसन एरान्टेस डो नासिमेन्टोको परिवारलाई । शाश्वत राजा पेलेलाई केवल ‘अलबिदा’ मात्र सम्पूर्ण फुटबल संसारले हारेको पीडा व्यक्त गर्न कहिल्यै पर्याप्त हुने छैन ।’

    ‘धेरै लाखौँको लागि प्रेरणा, हिजो, आज र सदाको लागि सन्दर्भ । तपाईँले मलाई देखाउनुभएको माया प्रत्येक पलमा हामीले टाढाबाट पनि स्मरण गरिरहनेछु ’ उनले थपेका छन् ।

    फिफा अध्यक्ष गियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...