News Portal

  • सेन्ट्रल जोन भलिबलमा नेपाल दोस्रो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ पुस २०७९
    ४४० पटक
    भक्तपुर, १५ पुस २०७९

    सम्पन्न सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बीच भलिबलमा नेपाल दोस्रो भएको छ । बंगलादेशमा सम्पन्न सो खेलमा नेपाली टोली पुरुष र महिला दुवैमा उपविजेता बनेको हो ।

    पुरुषतर्फ शुक्रबार बिहान भएको फाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्सका एडाम नासिम र स्मेलको जोडीसँग २–० को सोझो सेटमा पराजित भएका थिए ।

    नेपाल पहिलो सेट २१–१३ र दोस्रो सेटमा २१–१९ ले पछि परेको थियो । तेस्रो स्थानमा बंगलादेश रह्यो । बंगलादेशले किर्गिस्तानलाई २–० को सोझो सेटमा हरायो । पुरुषतर्फ आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

    महिलातर्फ बिहीबार भएको फाइनलमा नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै उपविजेता बनेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...