News Portal

  • मट्का बिरयानीको स्वाद पस्किरहेको वल्ड टाउनले शुरु गर्यो भक्तपुरभरी नि:शुल्क होम डेलिभरी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ पुस २०७९
    ३६० पटक
    भक्तपुर, १५ पुस २०७९

    भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो ।             

    वल्ड टाउनका संचालक रितम प्रधानले भक्तपुर भरी खाना पुर्याएको अतिरिक्त शुल्क नलिने जानकारी गराएका हुन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुराँले थप सेवाहरु समेत बढाएको बताउदै उनले परिवार सहित आउनेलाई विशेष छुटको व्यवस्था गरिएको समेत बताए । पूर्ण पारिवारिक माहोल रहेको वल्ड टाउनमा पठन सस्कृतिलाई प्रवर्द्धन गर्न पुस्तकहरु समेत राख्दै आएको छ ।

    भक्तपुर सल्लाघारीबाट पुरानो थिमी तर्फ जाने बाटोमा दुवाकोट मोड नपुग्दै बायाँ तर्फ रहेको वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएर पस्कदै आएको मट्का विरियानीका कारण यो चर्चित रहेको छ । मट्का बिरयानीको उत्कृष्ट स्वाद र स्वास्थ्यकर रेसीपीका कारण वल्ड टाउनमा मट्का बिरयानीका पारखीहरु बारम्बार आउने गरेका छन् ।

    भारतको उत्तर प्रदेशमा प्रख्यात मटका विरियानीको स्वाद भक्तपुरमा आफूहरुले दिंदै आएको बताउदै संचालक रितम प्रधानले नयाँ बर्षका अवसरमा मेंयुलाई परिस्कृत गर्दै अन्यत्र नपाइने उत्कृष्ट स्वादका खानेकारी आफूहरुले समावेश गरेको दावी गरेका छन् ।

    यो पनि

    मट्का बिरयानीको उत्कृष्ट स्वाद पस्कदै दुवाकोट मोडको वल्ड टाउन रेस्टुरेन्ट

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...