News Portal

  • सुशान्तसिंह राजपूतको फ्ल्याटले पायो नयाँ मालिक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस २०७९
    ३१६ पटक
    भक्तपुर, २१ पुस २०७९

    अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको अढाई वर्ष बढी भइसकेको छ । तर उनी बस्ने बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली नै थियो । आफ्नै फ्ल्याटमा मृत सुशान्त मृत भेटिएपछि उनी बस्ने फ्ल्याटमा कोही पनि बस्न मानेका थिएनन् ।

    तर अब भने उनको फ्ल्याट किन्न एक भाडावाल भेटिएका छन् । मुम्बईमा रहेको रियल स्टेट ब्रोकर रफीक मर्चेन्टका अनुसार एक व्यक्तिले मासिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सर्तमा फ्ल्याटमा बस्न तयार भएका छन् । पाँच लाखका अलावा भाडावालले ३० लाख रुपैयाँ सुरक्षा पनि जम्मा गर्नुपर्ने हुन्छ ।

    ‘हामीले एक भाडावाल पाएका छौं । हामी सबै कुरालाई अन्तिम रुप दिन परिवारका साथ कुराकानी गरिरहेका छौं । कुराकानी अन्तिम चरणमा छ’, रफीकले भनेका छन् ।

    रफीकले दुई महिनाअघि सामाजिक सञ्जालमा एक भिडियो राख्दै सुशान्तको बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली भए पनि कोही त्यो कोठामा बस्न नमानेको बताएका थिए । ‘यो फ्ल्याटको विगत सुन्दा जोकोही डराएका छन् । फ्ल्याटका मालिक फ्ल्याट बिक्री होस् भनेर कुनै कसुर पनि बाँकी राखेका छैनन्’, भिडियोमा उनले भनेका थिए, ‘फ्ल्याट मालिकले यो फ्ल्याट कुनै पनि फिल्मस्टारलाई दिन चाहँदैनन् ।’

    सुशान्तले सन् २०२० को जुनमा यही फ्ल्याटमा आत्महत्या गरेका थिए । उनको निधनपछि यो कोठा खाली थियो । समुद्री किनारमा रहेको यो अपार्टमेन्टको फ्ल्याटमा चार कोठा छन् । जसमा एक ठूलो हल र एक चित्र कोठा छ ।

     

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...