News Portal

  • मेसी र रोनाल्डोको खेल हेर्न दर्शकले तिरे ३५ करोड

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ माघ २०७९
    २७६ पटक
    भक्तपुर, ५ माघ २०७९

    साउदी अरबका एक व्यापारीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको खेल हेर्ने टिकट खरिद गर्नका लागि ३५ करोड भन्दा धेरै मूल्य खर्च गरेका छन् । भिआइपी सुइटमा बसेर दुई सुपरस्टार भिडेको हेर्नका लागि साउदीका एक व्यापारीले महँगो मूल्यमा भिआइपी टिकट किनेका हुन् ।

    ती साउदी धनाड्यले २.२ मिलियन पाउण्ड खर्च गरेको विभिन्न खेल मिडियाले जनाएका छन् । रोनाल्डो आफ्नो क्लब अल–नासर र राजधानी रियाद प्रतिद्वन्द्वी अल-हिलालका खेलाडीहरू मिलेर बनेको अल-स्टार इलेवनको कप्तानी गरेर मध्य पूर्वमा आफ्नो स्थानान्तरणको पुष्टि गरेपछि पहिलो खेल खेल्दैछन् ।

    स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी बिहिबार हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन् ।

    पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो । च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सबाट देख्दा दुई आमने सामने भएका थिए । त्यसपछि दुई आमने सामने हुन अवसर मिलेको छैन ।

    यो रकम नेपालीमा ३५ करोड भन्दा बढी हुन आउँछ । सो टिकेटको लिलामी २ लाख २० हजार पाउण्डबाट सुरु भएको थियो । तर टिकटको लागि प्रतिष्पर्धा हुँदा ती व्यापारीले २ मिलियन पाउण्ड भन्दा बढीको बोलि लगाए । टिकट उच्च मूल्यमा किन्ने ती व्यापारी घर जग्गा व्यवसायी मुशर्रफ बिन अहमद अल घामदी रहेका छन् ।

    यो इतिहासको सबैभन्दा महँगो फुटबल टिकट रहेको विभिन्न खेल मिडियाले जनाएका छन् । सो खेलबाट संकलित उक्त रकम साउदी अरेबियाको एहसान कोष नामक परोपकारी संस्थामा दान गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...