News Portal

  • नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता भक्तपुरमा हुँदै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन २०७९
    ५४३ पटक
     भक्तपुर, ३ फागुन २०७९

    भक्तपुर नगरपालिकाले नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी फागुन ५ गतेदेखि ९ गतेसम्म खो खो प्रतियोगिता आयोजना गर्ने बताएको हो ।

    “यस वर्षको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा ७९ विद्यालयहरुले सहभागिता जनाएको मध्ये ४१ विद्यालयहरु खो खो खेल र ५१ विद्यालयहरु कसिमला पाँयमा भाग लिएका थिए । १४ वटा खेलहरुमध्ये कसिमला पायँ र खो खोमा नै बढी खेलाडीहरु उत्साहित देखिएपछि नगरपालिकाले यस वर्षको अन्तर नगर प्रतियोगिताका लागि खो खोलाई रोजेको देखिन्छ ।

    नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त अन्तर नगर खो खो प्रतियोगितामा आज सम्म विभिन्न १४ वटा नगरपालिकाहरुले भाग लिन नाम दर्ता गराइसकेका नगरपालिकाका खेलकुद संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् ।

    फागुन ५ गतेदेखि ९ गतेसम्म हुने खो खो प्रतियोगिता उद्घाटन र्याली फागुन ५ गते हुनेछ । बिहान १० बजे भक्तपुर नपा वडा नं. ९ दत्तात्रय प्रांगणबाट सुरु भई इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन गरिने जानकारी नगरपालिकाले दिएको छ । अन्तर नगर खो खो प्रतियोगिताको उद्घाटन सहिद स्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)बाट हुने नगरपालिकाले जनाएको छ ।

    प्रतियोगितामा नगद पुरस्कार पनि

    खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै भएको थिएन । भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जानकारी दिए । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरुलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा रहेको नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता संचालन गर्दै आएको छ  ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...