News Portal

  • पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ चैत २०७९
    ५९८ पटक
    भक्तपुर, ११ चैत २०७९

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष एवं पदम विश्वकर्मा साहित्य प्रतिष्ठानका संस्थापक पदम विश्वकर्माको उपस्थितिमा उक्त समारोह भएको हो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा राजधानीमा शुक्रबार सम्पन्न उक्त समारोहको सभापतित्व नेपाल दलित तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले गरेका थिए ।

    प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्कर्माले स्वागत मन्तव्य तथा प्रतिष्ठानका विषयमा पदम विश्वकर्माको मन्तव्यपश्चात प्रतिष्ठानबाट प्रकाशित कृति प्रतिबन्ध कथासंग्रहको लोकार्पण प्रमुख अतिथि भुपाल राईलगायत मञ्चासीन सबैबाट गरेर समारोहको उद्घाटन गरिएको थियो ।
    साहित्यकार सम्पादक रमेश दाहालको सम्पादन रहेको उक्त कृतिभित्र भेदभावविरुद्धका २० ओटा कथाहरु संग्रहीत छन् ।

    उक्त अवसरमा प्रतिष्ठानले गरेको विद्यालय स्तरीय राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका कविताका सर्जकलाइ क्रमशः नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


    पुरस्कृत कविताका स्रष्टाहरु तृतीय हुने रुपेश सदाय, द्वितीय हुने नविना लम्जेल र प्रथम हुने सलिना वि.कले पुरस्कृत कविता वाचन गरेका थिए ।
    प्रतिष्ठानले जातीय भेदभावविरुद्ध सशक्त कलम चलाउने सामाजिक अभियन्ता एवं साहित्यकार डिकबहादुर विश्कर्मालाई नगद राशीसहित सम्मान पत्र अर्पण गरिएको थियो भने प्रतिष्ठानका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर विश्वकर्माद्वारा स्थापित भीम माया स्मृति प्रतिष्ठानले सञ्चारक्षेत्रबाट भेदभावविरुद्ध अभियान चलाएबापत चन्द्रमान विश्कर्मालाई नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
    समारोहमा पूर्व राजदुत तथा छनौट समितिका संयोजक पद्म सुन्दास, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य बाबा बस्नेत, पञ्चकुमारी दर्जी, ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रीमिनेशनका वरिष्ठ उपाध्यक्ष मोती नेपाली, कविता प्रतियोगिता व्यवस्थापन समितिका संयोजक आर.बि. निश्चलले शुभकामना मन्तव्य दिएका थिए ।

    समारोहमा नेपाल साहित्यिक प्रत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली साहित्यकार प्रतीक ढकाल, ममता मृदुल, पुष्कर लोहनी, महेश पौड्याल, राजकुमार बानिया, विमल भौकाजी, मदानी मुभी एण्ड इन्टरटेन्टमेन्टका संचालक अनन्त तिमल्सिना, नवीन पुरी, कृतिका भट्टराईलगायतको आतिथ्यतामा उल्लेख्य सहभागीहरुका बीच सम्पन्न भएको थियो ।


    नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएकोको समारोहको संचालन रणबहादुर रम्तेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...