News Portal

  • बिनाको ‘जीवनका अनुभूति’ माथि अन्तर्क्रिया

    इभक्तपुर संवाददाता
    १९७ पटक

    काठमाडौँ । साहित्यिक पत्रकार संघले आज  २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथा कृति ‘जीवनका अनुभूति’ को परिचर्चा कार्यक्रमको आयोजना गरेको छ ।

    वरिष्ठ इतिहासविद्  डा. सुरेन्द्र के. सी.को प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    अमेरिकामा बसोबास गर्दै आउनु भएकी लेखक बिना पोखरेलको आत्मकथा कृति ‘जीवनका अनुभूति’  दोस्रो संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र के.सी., अध्यक्ष राधेश्याम लेकाली, लेखक बिना पोखरेल, वरिष्ठ साहित्यकारहरु शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, किशोर पहाडी, श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज नयाँघरे, प्रा.डा. गोविन्दमान सिंह कार्की, मन्जिला अनिल, डा. शान्ति माया गिरी,  शिव अधिकारी, मुरारि सिग्देल, अस्मिता भण्डारी, रामचन्द्र महर्जन, अरुण रुपाखेती (निवर्तमान अध्यक्ष अनेसास डी.सी. च्याप्टर, प्राज्ञ बाबा बस्नेत लगायतले पुस्तकको चर्चा गर्नु भएको थियो ।

    कार्यक्रममा साहित्यकारहरु विमल भौकाजी, निर्मलरमण पराजुली, सुशीला देउजा, नीता श्रेष्ठ, पारु तिमिल्सिनालगायत डा। गोपाल चिन्तन, विजय शाह (अमेरिका), सुलोचना पौडेल, सागर शर्मा, विष्णुबहादुर विष्ट, हेमन्त तिवारी, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

     

    साहित्यिक पत्रकार संघका कार्यसमिति सदस्य डा। दामोदर पुडासैनीले स्वागत मन्तव्य र कार्यक्रम संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...