News Portal

  • भक्तपुरमा देशब्यापी भलिबल प्रतियोगिता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०८०
    ३६३ पटक
    भक्तपुर, २७ जेठ २०८०

    भक्तपुरमा राष्ट्रव्यापी पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । शनिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले प्रतियोगिता उद्घाटन गरेका हुन् ।

    ओम सृजनशील समाजको आयोजना र सूर्यविनायक नगरपालिकाको समन्वयमा प्रतियोगिता शुरु गरिएको कार्यक्रम संयोजक पेशल आचार्यले जनाएका छन् । आचार्यका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता सोमबारसम्म चल्ने उनले जानकारी गराए ।

    प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र १० हजार राशीको सान्त्वना पुरस्कारको पनि ब्यवस्था गरिएको बताइएको छ ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नगर प्रमुख बासुदेव थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा र ओम सृजनशील समाजका अध्यक्ष अर्जुन केसी लगायतले प्रतियोगिताको महत्वमाथि प्रकास पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...