News Portal

  • भलिबलको सेमिफाइनलमा न्युटन एकेडेमी र श्रृजनसिल, लिखु र गणतान्त्रिक भिड्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ जेठ २०८०
    २८७ पटक
    भक्तपुर, २८ जेठ २०८०

    भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।सूर्यविनायक नगरपालिका-४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ॐ श्रृजनसिल समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघले सेमिफाइनलमा स्थान बनाएका हुन । आइतबार सम्पन्न क्वाटरफाइनलमा आयोजक ॐ श्रृजनसिल समाजले गान्धी आदर्श टिमलाई २५-१९ र २५-१६ काे साेझाे सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हाे ।
    त्यसैगरी न्युटन एकेडेमीले कागेश्वरी मनाेहरालाई २५-१६ र २५-१८ काे साेझाे सेटमा पराजित गरि सेमिफाइनलमा स्थान बनाएको छ । त्यस्तै गणतान्त्रिक खेलकुद महासंघ भक्तपुर जिल्ला खेलकुद बिकास समिति टिमलाई २५-१० र २५-२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकाे छ ।
    त्यसैगरी लिखु-८ ले लिखु सेवा समाजलाई २५-२३ र २६-२४ ले पछि पार्दै सेमिफाइनलमा पुगेको छ ।
    प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमकाे सहभागिता रहेकाे छ । साेमवारसम्म चल्ने प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गरेका थिए ।
    ॐ सृजनशील समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...