News Portal

  • युवराज मैनालीको कृति “दृष्टि: दृष्टिकोण” सार्वजनिक

    इभक्तपुर संवाददाता
    १६५ पटक

    २०८० असार २, काठमाडौं । समालोचक युवराज मैनालीको नवीनतम् कृति “दृष्टि: दृष्टिकोण” समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा. दिनेशराज पन्त, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा. डा खगेन्द्रप्रसाद लुइटेल, प्रा. डा. लेखप्रसाद निरौला, पूर्व सचिव श्यामप्रसाद मैनाली, साहित्यकार राधेश्याम लेकालीले ले लोकार्पण गर्नु भयो ।

    मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हरिभक्त सिग्देलले गर्नु भएको थियो । कार्यक्रममा समालोचक प्रा.डा. लेखप्रसाद निरौलाले लोकार्पित कृतिमाथि आफ्नो विशेष मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा साहित्यकारहरु रामप्रसाद पन्त, प्रह्लाद पोखरेल, शम्भुप्रसाद मैनाली, दिनेशराज पन्त, कुलप्रसाद कोइराला, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले आआफ्नो शुभकामना मन्तव्य दिनुभएको थियो भने स्वागत मन्तव्य डा. अर्जुनदेव भट्टले र धन्यवाद ज्ञापन विष्णुप्रसाद पन्तले गर्नु भएको थियो ।

    कार्यक्रमको संचालन साहित्यकार श्रीबाबु कार्कीले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थितिमा रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...