News Portal

  • गैरआवासीय नेपाली सङ्घद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

    भक्तपुरपोस्ट संवाददाता
    २४७ पटक

    काठमाण्डौं, ६ असार ।
    गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ ।

    नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष  दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

    अरनिको पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले सन् २०२३ का लागि  पुरस्कारका लागि कृति उपलब्ध गराई दिन स्रष्टाहरुसंग आग्रह गरेका छन् ।

    समितिका अध्यक्ष थापाले पुरस्कारका लागि कृति आह्वान गर्दै गैरआवासीय नेपाली सङ्घको विधानले ’गैरआवासीय नेपाली’ भनेर परिभाषित गरे बमोजिम प्रवासमा रहेका नेपाली लेखकहरुद्वारा लिखित नेपाली वाङ्मयका कुनै पनि विधाका कृतिहरु यस पुरस्कारका लागि योग्य हुने बताएका छन् ।

    अध्यक्ष थापाका अनुसार यस वर्ष (सन् २०२३) को पुरस्कारका लागि वि.सं २०७९ सालभरिमा प्रकाशित कृतिहरुमात्र पुरस्कारका लागि समावेश गरिनेछन् ।

    अरनिको पुरस्कारका लागि लेखक, प्रकाशक वा लेखकको स्वीकृतिमा शुभचिन्तक समेतले प्रकाशित कृति तीन प्रति पठाउन सक्ने थापाले बताए ।

    अध्यक्ष थापाले पुरस्कारका लागि प्रकाशित कृतिहरु यसै वर्षको अगस्त महिनाको अन्त्यसम्म पुरस्कार व्यवस्थापन समितिमा प्राप्त हुने गरी पठाउन स्रष्टाहरुसंग आग्रह गरेका छन् ।  यद्दपि समिति आफैंले पनि कृतिहरु सङ्कलन गर्न सक्ने व्यवस्थापन समितिले जनाएको  ।

    थापाले पुरस्कृत कृतिको घोषणा सेप्टेम्बर महिनामा र पुरस्कार समर्पण अक्टोबर महिनामा गरिने जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...